हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार निकालेको ४८ एसपी र ९० डिएसपीको सरुवामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्का र प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको सरुवा गरेको हो ।
प्रहरी उपरिक्षक खड्काको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल र डीएसपी अर्यालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य नक्साल सरुवा भएको छ भने उनको स्थानमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोरा आउने भएका छन् ।
डिएसपीमा पुष्कर बोगटी आउने भएका छन् ।
सेयर गर्नुहोस्


















