हेटौंडा। सुनसरीको कोशी गाउँपालिका १ स्थित खुनिया पुल नजिक पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रेर सडक छेउमा रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।
सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन। मृत्यु भएका पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा निधन भएको हो।
दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। घाइते हुनेमा सप्तरी, सिरहा र सुनसरीका विभिन्न स्थानका नागरिक रहेका छन्।
सेयर गर्नुहोस्

















