नेपाली महिला टाेलीले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

हेटौंडा टुडे
२०८२ आश्विन ७, मंगलवार १५:१० गते

हेटौंडा । नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारत गएर मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले विसं २०८२ को अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाल र भारतको महिला टोलीका बीचमा सिक्किममा मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो ।

क्यालेन्डर अनुसार नेपाली महिला टोली त्रिदेशीय मैत्रीपूर्ण फुटबलका लागि इन्डोनेशिया पनि जानेछ । घरेलु टोली इन्डोनेशिया, नेपाल र चाइनिज ताइपेईबीच आउँदो मङ्सिर ८ देखि १६ गतेसम्म मैत्रीपूर्ण फुटबल हुनेछ ।

यस्तै काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आउँदो मङ्सिर १९ देखि पुस ५ गतेसम्म साफ महिला क्लब च्याम्पियनशिप हुनेछ ।

क्यालेन्डर अनुसार नेपाली पुरुष टोलीले एएफसी एशियन कप छनोटमा आउँदो असोज २३ र २८ गते भियतनाम, मङ्सिर २ गते मलेशिया र चैत १७ गते लाओससँग खेल्ने तालिका छ । यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो पुस ९ देखि शुरू भएर असार २६ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*