संचालनमा आयो सिस्नेरि-दक्षिणकाली सडक

हेटौंडा टुडे
२०८२ आश्विन २०, सोमबार ११:२५ गते

हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको  सिस्नेरि दक्षिणकाली सडकखण्ड सोमबार बिहानबाट संचालनमा आएको छ । सडकखण्डको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो । पहिरो हटाएरसंगै हेटौंडामा काठमाडौं हिडेका सवारीलाई सो मार्ग भएर काठमाडौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हाल हेटौंडाबाट काठमाडौं जान पुर्व पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कुलेखानी – फाखेल तथा सिस्नेरी दक्षिणकाली सडकखण्ड संचालनमा रहेका छन्। कान्तिलोकपथ भने अझै अवरुद्ध रहेको छ। लोकपथ आजै साँझ सम्ममा संचालनमा ल्याउने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*