नेपाली महिला टिमले भारत र इरान सँग मैत्रीपूर्ण फुटबल खेल्ने

हेटौंडा टुडे
२०८२ आश्विन २१, मंगलवार १४:०७ गते

हेटौंडा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान र भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई टोलीसँग खेल हुने जानकारी दिएको हो। मैत्रीपूर्ण खेल भारतको सिलोङमा हुने एन्फाले जनाएको छ। नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि भारतसँग नेपालले खेल्ने एन्फाले जनाएको छ।

महिला फुटबलमा भारत र इरान दुवै नेपालभन्दा बलिया टिम हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा भारत ६३औँ र इरान ७०औँ स्थानमा छन् । नेपाल ८९औँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*