सुनको मूल्यमा लगातार नयाँ रेकर्ड राख्दै

हेटौंडा टुडे
२०८२ आश्विन २९, बुधबार ११:१७ गते

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर फेरि पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यससँगै बु्धबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार ३ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*