झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ कार्तिक २, आईतवार ११:३० गते

हेटौंडा । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको  मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ ।

मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*