लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापन सहित)

हेटौंडा टुडे
२०८२ कार्तिक २६, बुधबार ११:३२ गते

हेटौंडा । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले आज एक  सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नागरिकले आगामी मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने छ।

1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*