हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको हो । बिहीबार तोलाको २ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा ६० रूपैयाँले घटेको छ । महासंघकाअनुसार चाँदी ३ हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सेयर गर्नुहोस्


















