यातायातको डेटा सेन्टरमा प्राविधिक समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द

हेटौंडा टुडे
२०८२ कार्तिक २८, शुक्रबार ११:४६ गते

हेटौंडा । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको कारण लाइसेन्सको नयाँ आवेदन बन्द गरीइएको छ।

१६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए ।

विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*