हेटौंडा ।नयाँ दल दर्ताका लागि तोकिएको म्याद आज सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज साँझसम्म नयाँ दल दर्ताका लागि समय तोकेको छ ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान पनि गरिसकेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर ७ गतेसम्म दल दर्ताको समय तोकिएको हो ।
आयोगमा यसअघि दर्ता रहेका राजनीतिक दलहरूले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने कानुनी प्रावधान छ। निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ ।
सेयर गर्नुहोस्


















