दुर्गा प्रसाईंलाई म्याद थपका लागि लगियो सरकारी वकिल कार्यालय

हेटौंडा टुडे
२०८२ मंसिर २, मंगलवार १३:३७ गते

हेटौंडा ।दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । सोमबार (मंसिर १) मध्यराति उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् । पछिल्लो समय उनले काठमाडौंका मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।

उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*