हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीबारका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिएका छन् ।
अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आजका लागि बोलाएको थियो ।
सेयर गर्नुहोस्






















