हेटौंडा । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ । युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।
नेकपा एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाहरूले प्रदर्शन सुरु गरेका हुन्।
सेयर गर्नुहोस्






















