महेश बस्नेतलाई रोक्न सुर्खेतमा जेनजीको प्रदर्शन

हेटौंडा टुडे
२०८२ मंसिर ९, मंगलवार १३:४४ गते

हेटौंडा । एमाले नेता महेश बस्नेतको विरोधमा सुर्खेतमा पनि जेन जी समूहले प्रदर्शन गरेका छन्। युवा जागरण कार्यक्रममा सुर्खेत आएका नेता बस्नेतविरुद्ध जेन जी समूहले विरोध गर्दै प्रदर्शन गरेका हुन्।

बस्नेत सुर्खेत आउने भए पछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सडकहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक लगाइएको छ। जेनजी समूहले वीरेन्द्रनगरको ठाउँठाउँमा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको छ।

यसअघि सुनसरी र विराटनगरमा विरोध गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*