आज देखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

हेटौंडा टुडे
२०८२ मंसिर ११, बिहीबार ११:०५ गते

हेटौंडा । नेपाल राष्ट्र बैंकले आज देखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आज देखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।

नयाँ विशेषता सहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने बैंकले जनाएको छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ सूचनामा उल्लेख छ ।

image-300-620x768-1764218543.png

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*