अब घरजग्गा र व्यक्तिगत कर्जा लिन सहज, हरेक वर्ष करचुक्ता प्रमाणपत्र नचाहिने

हेटौंडा टुडे
२०८२ मंसिर २९, सोमबार १४:५४ गते

हेटौंडा । अब घरजग्गा खरिद, निर्माण तथा व्यक्तिगत कर्जा लिन सजिलो भएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशिकामा संशोधन गर्दै अब हरेक वर्ष कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने व्यवस्था लागू गरिएको छ। सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

व्यक्तिगत ओभरड्राफ्ट लगायत सबै प्रकारका व्यक्तिगत कर्जामा पनि एकपटक करचुक्ता प्रमाणपत्र बुझाएपछि हरेक वर्ष नचाहिन भएको छ ।

यसअघि ऋणीले हरेक वर्ष आफ्नो आम्दानी विवरणसँगै कर चुक्ता प्रमाणपत्र पनि पेश गर्नुपर्ने नियम थियो। तर नयाँ नियमअनुसार व्यक्तिगत ओभरड्राफ्ट वा अन्य व्यक्तिगत कर्जा लिँदा एकपटक प्रमाणपत्र बुझाएपछि त्यसलाई बारम्बार पेश गर्न आवश्यक छैन।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट यस्तो कर्जाको सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड रुपैयाँ पुर्याएको केन्द्रीय बैंकले कर्जा लिन पनि सहज बनाएको हो ।

निर्देशिकामा उल्लेख छ ‘ऋणीले पेश गरेको कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक प्रमाणको आधारमा वार्षिक आम्दानी गणना गर्नुपर्नेछ। कर्जा अवधिभर ऋणीको आम्दानीसँग सम्बन्धित विवरण अपडेट गरी ऋण भुक्तानी–आम्दानी अनुपात समेत नियमित अद्यावधिक गर्नुपर्नेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*