मकवानपुरगढीका किसानलाई कोदो भित्राउने चटारो

हेटौंडा टुडे
२०८२ मंसिर २९, सोमबार १५:५१ गते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानलाई कोदो टिप्न भ्याई नभ्याई भएको छ । यति खेर पालिकाको विभिन्न वडाहरुका किसानलाई कोदो तिप्न चटारो छ ।

बिशेष गरि पालिकाको  वडा नम्बर ४ मा अवस्थित तल्लो कालिखोलाका किसानलाई कोदो  टिप्ने काममा व्यस्त छन्। बारीमा पाकेर पहेंलिएको कोदो काट्ने र टिप्ने, चुट्ने चटारो बढेपछि किसानहरूलाई भ्याइनभ्याई भएको हो । यस वर्ष समयमै परेको वर्षा र अनुकूल मौसमका कारण कोदोको उत्पादन राम्रो भएको स्थानीय किसानहरू बताउछ्न । दाना भरिलो र बोट मजबुत भएकाले अघिल्ला वर्षको तुलनामा उत्पादन बढेको किसानको भनाई छ । एकैपटक धेरै ठाउँमा कोदो पाकेपछि गाउँभरि नै कोदो भित्राउने चटारो देखिन्छ।

मकवानपुरगढी क्षेत्रको प्रमुख रैथाने बालीमध्ये कोदो एक प्रमुख बालि हो। ढिँडो, रोटी, जाँड–रक्सी लगायत परम्परागत परिकारमा प्रयोग हुने कोदो पछिल्लो समय पोषणयुक्त अन्नका रूपमा समेत चिनिन थालेको छ। यसले किसानहरूलाई कोदो खेतीप्रति थप उत्साहित बनाएको छ। स्थानीय किसानहरूले कोदोको बजार राम्रो पाउन थालेपछी  यस ठाउका किसनहरु यश खेती तर्फ आकर्षण बढेको देखिन्छ ।

उनीहरूका अनुसार स्थानीय तहबाट रैथाने बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा सहयोग भएसङै किसानहरूको आम्दानी सङै यो खेती तर्फ मोह बढदै गएको छ। पछिल्लो समय कोदो खेतीले खाद्य सुरक्षा मात्र होइन, स्थानीय संस्कृति र परम्परालाई समेत जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*