रवि र छविको मुद्दा बुटवल उच्च अदालतको एक नम्बर इजलासमा

हेटौंडा टुडे
२०८२ पुष ३, बिहीबार १२:०० गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास अन्तर्गत एक नम्बर इजलासमा परेको छ । यो मुद्दामा आज पेसी तोकिएको थियो । लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् ।

यो मुद्दा एक नम्बर इजलासमा न्यायधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका कानून व्यवसायीले निवेदन दिएर बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । यसअघि पटक-पटक पेशी स्थगित भएपछि आज सुनुवाइ हुने अपेक्षा गरिएको छ।

यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। यसरी हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेशी स्थगित गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*