भैरहवाको मौसम नखुले पछि भरतपुरबाट भैरहवा जाँदै रवि

हेटौंडा टुडे
२०८२ पुष ४, शुक्रबार १४:१४ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा चितवनको भरतपुर विमानस्थल गएर त्यहाँबाट भैरहवा जाने भएका छन्। भैरहवामा मौसम खराब हुँदा आज जहाज उडेको छैन। भैरहवा जान लागेका लामिछाने केही घन्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका थिए।

लामिछाने सहकारीको बचत रकम अपचलन मुद्दामा नख्खु कारागारमा पुर्पक्षमा थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालती प्रक्रिया पूरा गर्न लामिछाने भैरहवा जान लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*