अन्तरिम सरकारका नवनियुक्त परराष्ट्रमन्त्रीले लिए शपथ

हेटौंडा टुडे
२०८२ पुष ११, शुक्रबार १५:०३ गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । शर्माले अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् ।

योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।

अझै रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै काँधमा छन्।

हेर्नुहोस् सूची :

१. सुशीला कार्की, प्रधानमन्त्री (रक्षा र खानेपानी मन्त्रालयको पनि जिम्मेवारी)

२. रामेश्वर खनाल : अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन

३. कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास

४. ओमप्रकाश अर्याल : गृह

५. अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

६. महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि

७. मदन परियार : कृषि तथा पशुपन्छी विकास

८. जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि, 

९. सुधा गौतम : स्वास्थ्य तथा जनसंख्या 

१०. बब्लु गुप्‍ता : युवा तथा खेलकुद

११. कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१२. राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१३. माधव चौलागाईं : वन तथा वातावरण

१४. श्रद्धा श्रेष्‍ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. बालानन्द शर्मा : परराष्ट्र मन्त्री

यद्यपि मन्त्रिपरिषद्‌मा शर्माको वरीयता भने निर्धारण हुन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*