देशभर ह्वात्तै बढ्यो जाडो, हेटौंडामा पनि बिहानै देखि चिसो

हेटौंडा टुडे
२०८२ पुष १४, सोमबार १३:३४ गते

हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिखेर देशभर जाडो ह्वात्तै बढेको छ । सबै तिर हुस्सु र कुहिरोले ढाकेको छ, साथै सितलहर पनि भइरहेको छ। लुगा धोएको सुकेको छैन कति दिन भयो घामको मुख पनि देख्न नपाएको छैन यो बेला सबैको गुनासो यहि नै छ । झन चिसो बढ्न थाले पछि वृद्ध र बालबालिका लागि सकस बन्न थालेको छ ।

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो ले जनजीवन प्रभावित भएको छ । त्यसैगरी हेटौंडामा पनि केहि दिन देखि जाडो बढेको छ । बिहानै देखि हुस्सु र कुहिरो लागिरहेको छ भने आज घाम नलागेको र चिसो बढेको छ । चिसो बढ्न थाले पछि सबैले घर र चोक चोकमा आगो तापेर बस्न थालेका छन ।

देशका तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*