देशभर पश्चिमी वायुको प्रभाव, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

हेटौंडा टुडे
२०८२ पुष २०, आईतवार ११:१३ गते

हेटौंडा ।  देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहेको छ। तराईका धेरै स्थानमा भने हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो पनि तराई क्षेत्रमा हुस्सु र कुहिरो कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान छ भने पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।

महाशाखाले हल्का वर्षा, हिमपात र तराईको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा सडक यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*