सीप, सम्मान र आत्मनिर्भरता तर्फ सिआनको ऐतिहासिक पहल

हेटौंडा टुडे
२०८२ पुष २२, मंगलवार ११:४३ गते

हेटौंडा। उपचाररत व्यक्तिहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सिआन पुर्नस्थापना केन्द्र, हेटौंडा–९, मकवानपुर को आयोजनामा सञ्चालन गरिएको १५ दिने कफी बनाउने (Barista) तालिम औपचारिक रूपमा सम्पन्न भएको छ।  तालिममा ५० जना उपचाररत तथा पुनःस्थापनाको चरणमा रहेका व्यक्तिहरू सहभागी भएका थिए।

समापन कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका माननीय मन्त्री मधुसुदन पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सिआन भवनमा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय एकालाल श्रेष्ठ ज्यू, पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्ट्रिजका प्रशासन प्रमुख रवीन्द्र पण्डित ज्यू, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल ज्यू, गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा ज्यू, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रतिनिधि राज नारायण सर, उद्योग तथा वाणिज्य कार्यालय शाखा प्रमुख लेखमान राउत, सिआनका पूर्व अध्यक्ष बिजेन्द्र अग्रवाल, सल्लाहकार सानु लामा ज्यु, कानुनी सल्लाहकार सन्तोष पौडेल ज्यु, अभिभावक तथा सल्लाहकार महेश्वोर मान श्रेष्ठ , प्रशिक्षक सरोज बर्तौला तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री मधुसुदन पौडेल ज्यू ले उपचारसँगै सीप विकास जोडिनु नै दिगो पुनःस्थापनाको आधार भएको उल्लेख गर्नुभयो। उहाँले सीपयुक्त जनशक्ति विकासमार्फत रोजगारी र आत्मनिर्भरता सम्भव हुने बताउँदै, सिआनले अघि सारेको यो मोडेल प्रदेश र देशकै लागि अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि माननीय एकालाल श्रेष्ठ ज्यू ले सीपयुक्त जनशक्ति विकास नै समाजलाई दीर्घकालीन रूपमा सुरक्षित र समुन्नत बनाउने आधार भएको उल्लेख गर्नुभयो।

No description available.

पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्टृजका प्रमुख रवीन्द्र पण्डित ज्यू ले निजी क्षेत्र सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमसँग जोडिनुपर्ने आवश्यकता औँल्याउँदै, सीपयुक्त व्यक्तिहरूलाई अवसर दिन उद्योग क्षेत्र तयार रहेको स्पष्ट गर्नुभयो।

समापन कार्यक्रमका अवसरमा श्री दिवाकर गोल्छा प्रतिष्ठान तथा हुलास स्टिल इन्डस्ट्रिज ले सिआन पुनर्स्थापना केन्द्रलाई पुर्याउँदै आएको सहयोगको कदरस्वरूप सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो। साथै, सिआनले लागुऔषध दुर्व्यसन, मानसिक स्वास्थ्य र पुनःस्थापनासम्बन्धी यथार्थ चित्रण गर्ने सचेतनामूलक डकुमेन्ट्री सार्वजनिक गरेको छ।

तालिममार्फत सहभागीहरूले कफी बनाउने व्यावहारिक सीप, बारिस्ता आचारसंहिता तथा ग्राहक सेवासम्बन्धी ज्ञान हासिल गर्दै आत्मविश्वास र भविष्यप्रतिको आशा विकास गरेको सिआनले जनाएको छ। समापन कार्यक्रमकै अवसरमा सिआन पुनर्स्थापना केन्द्रले आफ्नो सचेतनामूलक डकुमेन्ट्री पनि सार्वजनिक गरेको छ। डकुमेन्ट्रीमा लागुऔषध दुर्व्यसन, मानसिक स्वास्थ्य समस्या, उपचार प्रक्रिया, पुनःस्थापना, सामाजिक पुनःएकीकरण र परिवारको भूमिकालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। यस डकुमेन्ट्रीले समाजमा रहेका गलत धारणा तोड्दै पुनःस्थापनाप्रति सकारात्मक सोच विकास गर्ने अपेक्षा गरिएको छ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*