मकवानपुरमा टुचन मेसिन ब्रेकफेल भई दुर्घटना, एकजनाको मृत्यु

हेटौंडा टुडे
२०८२ माघ २८, बुधबार १२:०४ गते

हेटौंडा ।  मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाडा स्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन ब्रेकफेल हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ द्रुतमार्गको १ नम्बर पुलको खाडल खन्ने काम सकेर खाल्डोबाट टुचन मेसिनमा बसेर माथि आउँदै गर्दा अचानक ब्रेक फेल भई मेसिन करिब २१ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको छ।
सोही क्रममा खाडलभित्र रहेका पाँचपोखरी थाङपाल–६ का ३७ वर्षीय जुल्फे तामाङ मेसिनले ढाडमा लागेर घाइते भएका छन्। घाइते तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको छ। थप अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली खटिने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*