फागुन ११ गते हेटौंडा आउँदै बालेन शाह र रवि लामिछाने

हेटौंडा टुडे
२०८२ फाल्गुन ८, शुक्रबार १३:१९ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)  हेटौंडा आउने भएका छन् । फागुन ११ गते रास्वपाले बागमती प्रदेशको राजधानी हेटौंडामा चुनावी सभा गर्ने भएको हो।

हेटौंडाको हुप्रचौरमा हुने भेलामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आउने कार्यक्रम तय भएको रास्वपा मकवानपुरले जनाएको छ। चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रम पछि हेटौंडामा आउने जनाएको छ। कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेता र कार्यकर्ताहरूको पनि सहभागिता रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*