हेटौंडा। काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा ५ जना यात्रु सवार रहेका थिए ।हेलिकोप्टरमा सवार पाँचै जना यात्रु नेपाली रहेका छन् । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर हेलिकप्टर पल्टिएको प्राधिकरणले जनाएको छ ।
घटनास्थलमा रहेका यात्रु तथा चालक दलको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ प्रस्थान गरिसकेको छ।

















