हेटौंडा । मकवानपुरगढीमा बिहिबार करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन। मृत्यु हुनेमा मकवानपुरगढी–२ मापुङ निवासी अन्दाजी ३५ वर्षीय राजकुमार गोले रहेको मकवानपुर प्रहरिले जनाएको छ साथै घाइते हुनेमा मकवानपुरगढी–७ सानडाँडा निवासी अन्दाजी ५५ वर्षीय मानबहादुर गोले र मकवानपुरगढी–२ मोरे निवासी अन्दाजी ३० वर्षीय राजकुमार स्याङतान रहेको प्रहरिले जनाएको छ । उनिहरुलाई बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागि एक जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन ।
आज बिजुली विस्तारका लागि ६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथि रहेको हाईटेन्सन लाइनमा छुन पुगेको थियो। सोही क्रममा तीन जनालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर पठाइएको थियो। उपचारकै क्रममा राजकुमार गोलेलाई आज साँझ चिकित्सकले मृत घोषणा गरेको हो । ।


















