हेटौंंडा। सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको जनाएको छ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान समेत गरेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । तर पछि सरकारले विशेष कारण भन्दै रोकेको थियो। संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले संसद्लाई छलेर अध्यादेशको बाटो रोजेको बुझिएको छ।
सेयर गर्नुहोस्


















