चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

हेटौंडा टुडे
२०८३ बैशाख १५, मंगलवार १५:४६ गते

हेटौंंडा। यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले अल्पकालिन आदेश जारी गरेको छ । फिल्मलाई वैशाख २२ गतेसम्म रोक्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

फिल्म ‘लालीबजार’को मंगलबार राखिएको प्रिमियर रद्द भएको छ । मंगलबार साँझ राखिएको प्रिमियर अदालतको आदेशसँगै अन्तिम समयमा रोकिएको हो ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मले बादी समुदायको कथा उठान गरेको छ । ‘नथिया कुप्रथा’को विषय यस फिल्ममा उजागर गर्न खोजिएको निर्माण पक्षले बताएको छ ।

फिल्मका केहि शब्दहरूमा आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*