हेटौंडा। बालेन सरकार विरुद्ध आन्दोलनमा उत्रिने सुकुमबासी संघले आन्दोलनको घोषणा गरेको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले विभिन्न सुकुमबासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो ।पहिलो चरणमा भूमिहीन दलित,सुकुमबासी र अव्यवस्थित बसोबासीलाई गरेका वाचा स्मरण गर्न र जबरजस्ती उठिबास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने संघले जनाएको छ । त्यस्तै आन्दोलनको दोस्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने,जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ ।
शान्तिपूर्ण आन्दोलनबाट आफूहरूको माग सुनुवाइ नभए मेची–महाकाली राजमार्ग र सुकुमबासी केन्द्रित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी संघले जनाएको छ ।


















