यी हुन् पहिरोले प्रभावित भएका मुख्य राजमार्ग र सडकखण्ड

हेटौंडा टुडे
२०८३ बैशाख २०, आईतवार १०:५४ गते

हेटौंडा । केही दिन यतादेखिको वर्षासँगै आएको पहिरोको कारण देशभरीमा विभिन्न मुख्य सडकहरु प्रभावित भएका छन् । केही सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने केही एकतर्फी सञ्चालनमा आएका छन् ।

आज बिहानको पहिरोका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको हो।

त्यसैगरी वैशाख १६ गतेको पहिरोका कारण सिन्धुपाल्चोक भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्गमा पूर्ण रुपमा अवरुद्ध भएको र अहिले सम्म सञ्चालन हुन सकेको छैन ।

यही वैशाख १२ गतेको बाढीका कारणअवरुद्ध भएका भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला र धारापानीमा पनि बिहान पहिरो गएको थियो । धारापानीमा खसेका ढुंगा हटाइएको छ । तुइनखोलामा भने सडक एकतर्फी नै रहेको प्रहरीले जनाएको छ ।

वर्षात्को समयमा बाढी, पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आइका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*