हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९६ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५५ रुपैयाँ रहेको थियो ।
सेयर गर्नुहोस्


















