धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

हेटौंडा टुडे
२०८३ बैशाख २४, बिहीबार १२:०४ गते

हेटौंडा । धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको र भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*