हेटाैँडा । हेटाैँडा-४ नं. वडा कार्यालयद्वारा विद्यालयहरूसंगकाे सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई नि:शुल्क पढाउने भएकाे छ । भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटाैँडा-४ बीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागूहुने गरि यस्ताे सम्झाैता भएकाे हाे ।
सम्झाैता तथा प्रतिबद्वता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द पिडीत, भूमीहिन, अभिभावक विहिन, सडक बालबालिका, साथै विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकूद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता हासिल गर्ने छात्र/छात्रा उल्लेख गरिएकाे छ । सम्झाैता पत्रमा ४ वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी मावि, हेटाैँडा-४ काे तर्फबाट प्रअ सूर्यप्रसाद घिमीरे र आधुनिक राष्ट्रिय मावि, हेटाैँडा-४ काे तर्फबाट प्रअ रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएकाे हाे ।
दुवै विद्यालयमा १०/१०जना कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विद्यालयले ६ महिनाकाे मासिक शुल्क छुट दिने सम्झाैता पत्रमा उल्लेख गरिएकाे छ । यहि शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याउने, शैक्षिक वर्ष शुरूवातसंगै नवीकरण हुने बताइएको छ।






















