सुनको मूल्य एकै दिन साढे २० हजारले बढ्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ १७, आईतवार १०:५५ गते

हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३०५ रुपैयाँले बढेर तोलाको ५ हजार ३४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलामा ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*