हेटोंंडा सिटी कलेजले गर्यो निःशुल्क वि वि एस अध्यापनको घोषणा

हेटौंडा टुडे
२०८३ जेष्ठ २३, शनिबार २२:०६ गते

हेटौंडा । हेटौंडा ५ मकवानपुर स्थित हेटौंडा सिटि कलेजले ४० जना विद्यार्थीलाई ४ वर्षे स्नातक तह व्याचलर अफ विजिनेस वि वि एस निःशुल्क अध्यापन गराउने घोषणा गरेको छ । कलेजले यही जेठ २३ गते शनिबार विहान आफ्नै सभाहलमा पत्रकार सम्मेलन गर्दै चार वर्षे स्नातक तह वि वि एस कार्यक्रममा निःशुल्क अध्यापन गराउने घोषणा गरेको ।

उच्च शिक्षालाई सबैका लागि सहज, पँहुचयोग्य र समावेशी बनाउने उद्देश्यका साथ कलेजले आर्थिक, सामाजिक वा अन्य विविध उच्च शिक्षाबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम संचालन गर्न लागेको जानकारी गराउँदै कलेजका प्रमुख प्रशासकिय अधिकृत सुमन्त सिलवालले कार्यक्रमको विविध छनोट प्रक्रिया तथा आवश्यक सर्तहरु सम्बन्धी जानकारी कलेज प्रशासनबाट सार्वजानीक गरिने र आवेदन फारम बुझाउने पहिलो ४० जना विद्यार्थीलाई विशेष ग्रहायता दिने उल्लेख गरेका हुन् । कलेजका प्राचार्य श्री बहादुर कार्कीले पत्रकार सम्मेलनमा भनाई राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजप्रती थप उत्तरदायि र योगदानमुखी भुमिका निर्वाह गर्ने उदद्देश्यका साथ संचालनमा ल्याउन लागिएको यस कार्यक्रम अन्तर्गत छनोट हुने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयलाई बुझाउनुपर्ने रजिष्ट्रेशन फारम र परिक्षा फारम बहेकका कुनैपनि शुल्क तिर्नुनपर्ने बताउनु भयो ।

कार्यक्रमको सभाध्यक्षता हेटौंडा सिटि कलेजकी संस्थापक रमिता पाण्डेले गर्नुभएको थियो भने कार्यक्रममा कलेजका प्रमुख प्रशासकिय अधिकृत सुमन्त सिलवाल, प्राचार्य श्री बहादुर कार्की र कलेजका प्रध्यापकहर तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बाल कृष्ण अधिकारी र विभिन्न संचार माध्यमका संचारकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*