विश्वकपमा मेस्सीको कीर्तिमान जारी

हेटौंडा टुडे
२०८३ असार ९, मंगलवार १०:४८ गते

हेटौडा । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ । जहाँ अर्जेन्टिना सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् । मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ ।

अस्ट्रियाविरुद्धको २–० जितमा उनको दुई गोलले टोलीलाई समूह ‘बी’ मा शीर्ष स्थानमा पुर्‍याउँदै नकआउट चरणमा पु‍र्याएको छ । ३९ वर्ष नजिक पुगे पनि मेस्सी अझै पनि मैदानमा अर्जेन्टिनाको मुख्य शक्ति बनेका छन, जसले विपक्षी टोलीहरूलाई लगातार दबाबमा राखिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*