मकवानपुरको भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

हेटौंडा टुडे
२०८३ असार १२, शुक्रबार १२:२६ गते

हेटौडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब १० बजे भीमफेदी गाउँपालिका–३ मराङचोक निवासी करिब ६० वर्षीय चन्द्रबहादुर मोक्तानको भिरबाट खसेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नरहेको र गाउँघरमा हिँडडुल गर्दै आएका मोक्तान आफ्नै घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेका थिए।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*