११६ वर्षे वृद्धको निधन

टुडे संवादाता
७ भाद्र २०७७, आईतवार १२:३१

विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ। उहाँ दक्षिण अफ्रिकाका रहेको बुझिएको छ । फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ ।

तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो । उनी दुईवटा विश्वयुद्धमा जीवित रहन सके ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*