नेपालि चलचित्र बादशाह जुट टोली आज हेटौंडामा

हेटौंडा टुडे
१७ आश्विन २०७६, शुक्रबार १८:१९

हेटौडा, असोज १७

(हेटौडा टुडे सम्वांदाता)

कार्तिक १५ गते देखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र बादशाह जुटको कलाकार टोली आज प्रचारप्रसारको निम्ति ३ नम्बर प्रदेशको राजधानि हेटौंडा आइपुगेका छन् । चलचित्र पत्रकार संघ मकवानपुरको संयोजनमा भएको कार्यक्रममा नेपाली चलचित्रमा पहिलो पल्ट लगानी गरि काम सुरु गरेका चलचित्रका निर्माता हर्क कुँवर पिटरले बताए साथै ३ करोड ७५ लाखमा चलचित्र निर्माण गरिएको समेत उल्लेख गरे ।

दुईवटा बादशाहको कथालाई चलचित्रमा देखाउन खोजीएको र सामाजिक सन्देश र देश प्रेमको भाब बोकेको उक्त चलचित्र हेर्न चलचित्रका निर्देशक जोनी सिं राणाले सबैलाई अनुरोध गरे । चलचित्रका नायक सुशिल श्रेष्ठले यो चलचित्र आफ्नो अन्य चलचित्र भन्दा भिन्न भूमिका रहेको र आफनो रोल पत्रकारको भूमिकामा रहेको बताए ।

झन्नै तिन बर्ष अघि मिसनपैसा चलचित्रबाट हराए पछि कमब्याक भएका हेटौंडेली नायक अमिर गौतमले यस चलचित्रमा आफु सानो प्रोफाईलबाट बादशाह बन्ने सपना देखेको र प्रहरी सिपाहीको भूमिका रहेको बताए । सिपाही भएर पनि कसरी अन्य सिपाही भन्दा फरक हुने सिङ्गम स्टाईलमा आफुलाई कसरी उर्ताने जस्ता कथा चलचित्रमा आफु रहेको बताए ।

उनले हेटौंडाबासीलाई आफु हेटौंडाकै भएर कार्तिक १५ गते प्रदर्शन हुने बादशाह जुटलाई हेर्न आग्रह गरे । उनले आफु केहि समय चलचित्र क्षेत्रबाट टाढा भए पनि अब चलचित्रक्षेत्रमा निरन्तरता रहने बताए । पत्रकार सम्मेलनमा चलचित्रकी नायिका केइशा राउत र रश्मि पाण्डेले चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, सचिव श्रीराम अर्जुन, पत्रकार महासंघका सचिव गणेश दर्पण अधिकारी लगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*