रानी वनको २३ औं वार्षिक साधारणसभा सम्पन्न

विभिन्न विद्यामा उत्कृष्ठ काम गर्ने १६ जनालाई सम्मानित
हेटौडा टुडे
२८ मंसिर २०७६, शनिबार २१:१५

२८ मंसिर, हेटौँडा

हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विद्यामा उत्कृष्ठ काम गर्ने १६ जनालाई सम्मानित गरेको छ । समूहको शनिवार भएको २३ औं वार्षिक साधारणसभामा १६ जनालाई सम्मान गरेको हो ।

समूहले ज्येष्ठ उपभोक्ता चुडामणी ढुङगाना र सावित्री ढकाल, सालक संरक्षणमा सहयोग गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, समूहलाई विभिन्न क्षेत्रहरुमा सहयोग गर्ने सव डिभिजन वन कार्यालय हेटौडाका वनरक्षक दिपेन्द्र राई, समुहको विधान तथा कार्ययोजनाम पुनरावलोकनमा सहयोग गर्ने निश्चल घिमिरे र अनुप पोखरेललाई सम्मान गरिएको थियो । यसैगरी संचारकर्मीतर्फ धिरज ढकाल उत्कृष्ठ विद्यार्थीमा विदुर घिमिरे र अनुपा सापकोटा र वनडढेलो नियन्त्रणतर्फ नानीमाया रुम्बा, सन्ध्या श्रेष्ठ, भीमसेन पौडेल, केदार अधिकारी, रोहित पौडेल र रोशन पौडेललाई सम्मान गरिएको थियो ।
साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७६/०७७ को लागि करीव ४५ लाखको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौडेलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
साधारणसभामा मकवानपुरगढी–४ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य रामहरी राई, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा, कालीका चण्डीका सामुदायिक वनका अध्यक्ष शिवराम थापा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, हिमाल महिला बहुउद्धेश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल, श्रमिक साना किसान कृषि सहकारीकी उपाध्यक्ष मानकुमारी पाख्रिन, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*