हाम्रो गाउँठाउँमा सजिलै उपलब्ध हुने अमला फलमा पोषणको मात्रा अत्यधिक लुकेको हुन्छ । यो फलमा उपलब्ध मिनरल्स र भिटामीनले हाम्रो शरीरलाई आवश्यक पोषण दिने मात्र नभई यसले शरीरमा रोग समेत लाग्न दिँदैन ।
अमला, काँचो, जुस बनाएर वा यसको धुलो वा अचार, जामका रुपमा तपाईं आफ्नो डायटका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । अमलामा भिटामीन सीको मात्रा अत्यधिक लुकेको हुन्छ जसका कारण यसको प्रयोग गर्नाले शरीरको इम्यूनिटी पावरमा बृद्धी हुने र भाइरल तथा किटाणुहरुको नाश गर्छ ।
यसको प्रयोगले रुघाखोकी लाग्न पाउँदैन । यसमा आबद्ध पोषण लगायत पोलीफेनोल्स भन्ने तत्वले क्यान्सरका तन्तुहरु बिरुद्ध लड्न मद्धत पुर्याउँछ । आयुर्वेदका अनुासर, अमलाले शरीरका तन्तुहरुलाई ब्यालेन्समा राख्ने काम गर्छ ।
आयुर्वेदका अनुसार, अमलामा आबद्ध भिटामीन सी मा विषादी नाशक प्राकृतिक गुण आबद्ध हुन्छ जसले शरीरमा हानिकारक जिवाणुहरुलाई प्रवेश गर्न दिदैन । यसले छालालाई नरम, कपाललाई स्वस्थ्य तथा इम्युन सिस्टमलाई बलियो बनाउने काम गर्छ । प्रत्येक बिहान खाली पेटमा एउटा अमला खानेगर्नाले पाचन प्रक्रिया बलियो हुने, छाला सफा हुने, कपाल बलियो तथा आँखाको ज्योती राम्रो हुन्छ ।
अमलाका अन्य फाइदाहरु
१. रुघाखोकी, फ्लु, मुखमा हुने घाउ तथा खटिरा जस्ता रोगको उपचारमा आधा चम्चा मह र एउटा अमला नियमित सेवन गर्नुहोस् । २. नियमित रुपमा अमला सेवन गर्नाले कोलस्ट्रोल नियन्त्रण हुन्छ । यसले मुटु जन्य समस्याहरु आउँन दिदैन भने मुटुमा देखिने समस्यालाई समेत निको पार्छ ।
३. अमला सेवन गर्नाले डाइबेटिज नियन्त्रण हुनुका साथै स्वासप्रश्वास सम्बन्धी समस्याहरु आपसेआप हराएर जान्छ । ४.अमलाले कलेजोलाई बलियो बनाउनुका साथै विषादीाई शरीरबाट बाहिर फाल्ने काम गर्छ ।
५. अमलामा भीटामिन सी का साथै आइरन, क्यालसियम, फसफोरसको मात्रा अत्यधि रुपमा उपलब्ध हुन्छ । तसर्थ दैनिक रुपमा अमला खानाले स्वास्थमा फाइदै फाइदा प्राप्त हुन्छ ।६. हाम्रो कपाल स्वस्थ राख्नका लागि प्रोटिनको आवश्यकता पर्दछ । अमलामा उपलब्ध अमिनो एसीड र प्रोटिनले कपाललाई बढ्न, कपाल झर्ने समस्यालाई रोक्न र कपालको जरालाई बलियो बनाउनुका साथै चायाँ पर्न दिदैन ।
७. अमला नियमित रुपमा सेवन गर्नाले डण्डिफोर आउँनपाउँदैन र अनुहारमा चमक तथा सुन्दरता प्राप्त हुन्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।