बुधबार घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८३ बैशाख ९, बुधबार ११:४२ गते

हेटौंडा। स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ ।

हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।

मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*