महिला उद्यमी अन्र्तरक्रिया हेटौडामा सम्पन्न

हेटौंडा टुडे
३ माघ २०७६, शुक्रबार २१:०१

माघ ३ , हेटौंडा

न्यु विजनेश एज प्रालि, काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको सयुत आयोजनामा हेटौंडामा महिला उद्यमीबीच अन्तरक्रिया कार्यक्रम आज सुक्रबार सम्पन्न गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सह आयोजनामा संघको सभाहलमा  भएको अन्तरक्रिया कार्यक्रममा संघका महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यको सभापतित्व तथा हेटौंडा उपमहानगरपालिका उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले कार्यक्रमले उद्यमशिलतालाई प्रोत्साहन गर्ने आशा व्यक्त गरिन्, । हेटौंडा उपमहानगरपालिकाले महिला उद्यमीहरुलाई सघाउने हिसाबले कामहरु गरिरहेको बताउदै उद्यमशिलताको विकासको लागि आफूहरु लागिरहेको बताईन्, । कार्यक्रममा सभापति वैद्यले अतिथि र सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमले महिला उद्यमीहरुकोे समस्या समाधानमा सघाउ पु¥याउन सहजीकरण गर्न पाएकोमा खुसी प्रकट गरेकी थिईन्, ।

कार्यक्रममा न्यू बिजनेस एजका तर्फबाट टि. पि. भुषालले संस्थाले विभिन्न अवार्डहरु दिदैं आएकोमा हाल महिला उद्यमीहरुलाई पनि सम्मान गर्न सातै प्रदेशबाट १००० भन्दा बढी महिला उद्यमीहरुबाट अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ६ वटा विधामा अवार्ड प्रदान गर्ने जनाइएको छ । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले महिलाहरु उद्यममा लाग्नु पर्नेमा जोड दिनु हुदै संघले पनि महिला उद्यमीहरुलाई सघाउन सक्ने विचार व्यक्त गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले सरकारले उद्यमीहरुलाई ८० प्रतिशतसम्म अनुदान दिनेगरेको बताए । उद्यमीहरुले सहुलियत कर्जा लिएर फिर्ता नगर्ने गरेकोले सरकारी सहयोग पूर्ण सदुपयोग गर्न समस्या भएको बताउदैं घरेलु तथा साना उद्योग कार्यालयले आवश्यक सूचना समयमै उद्योग वाणिज्य संघमार्फत पनि उपलब्ध गराउने गरेको पनि बताए ।

कार्यक्रममा महिला उद्यमी अम्विका श्रेष्ठले व्यवसायमा पाएको सफलताको कथा भिडियो मार्फत प्रस्तुत गरिएको थियो । न्यू बिजनेश एजका बालसिंह पोखरेलले महिला उद्यमको बारेमा व्यवसाय दर्ता गर्नुपर्नेलगायत व्यवसाय विस्तारका लागि आवश्यक विभिन्न विषयमा जानकारी दिइएको थियो ।

छलफलमा महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठ, महिला उद्यमी सिता भेटुवाललगायत विभिन्न महिला उद्यमीहरुले आफ्नो समस्याहरु राखेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष कृष्ण कटुवालले महिला उद्यमीहरुलाई समस्या रहेका स्वीकारोक्तीसहित आफ्नो भनाइ राखेका थिए । घर बहालको समस्यालाई व्यवसायी र घरधनि बसेर समाधान गर्नुपर्ने बताउदैं उनले सरकारी अनुदान कुर्नुभन्दा सहज ऋण तर्फ महिला उद्यमी लाग्नुपर्ने बताए । साथै कर कार्यालयलाई बुझाउने र बैंकमा बुझाउने बित्तीय विवरण एउटै बनाउन अध्यक्ष कटुवालले सहभागिहरुलाई आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*