हेटौंडाबाट धुलिखेलसम्म विद्युतीय बस संचालनको तयारी

हेटौंडा टुडे
५ माघ २०७६, आईतवार २२:०३

माघ ०५ , हेटौडा

बागमती प्रदेशको राजधानी हेटौंडाबाट धुलिखेलसम्म विद्युतीय बस संचालन गर्ने बागमती सरकारले योजना बनाएको छ ।
बस संचालनको तयारी स्वरुप प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार आज प्रदेश भित्रका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेका छन् । छलफलमा विद्युतीय बस संचालनका लागि आवश्यक पर्ने चार्जिङ् स्टेशनका लागि उपयुक्त स्थानको छनौट लगायतका विषयमा चर्चा भएको जनाइएको छ । विद्युतीय बस संचालनका लागि प्रदेश सरकार आफैले यायातात कम्पनी स्थापना गर्ने योजना बनाइएको छलफलमा मुख्यमन्त्री पौडेलले बताए । विद्युतीय बस काठमाडौं– भरतपुर हेटौंडा २ सय २७ र काठमाडौं धुलिखेल ३० किलोमिटर क्षेत्रमा तत्कालै सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । बागमती सरकारले २०८५ बैशाखसम्म पेट्रोलियम सवारी हटाउँने नीति लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*