श्री तिरुपति बालाजी दिब्यधाम प्रकाश न्यौपानेको नेतृत्वमा

हेटौंडा टुडे
१५ पुष २०८०, आईतवार १४:०८

हेटौडा । तिरुपति बालाजी दिब्यधामको प्रथम साधारण सभाबाट प्रकाश न्यौपानेको नेतृत्वमा नयाँ संचालक समिति चयन भएको छ । दिब्यधामको शनिबार सम्पन्न पहिलो वार्षिक साधारण सभाले न्यौपानेको नेतृत्वमा ११  सदस्य नयाँ संचालक समिति चयन गरेको हो । यो संगै दिब्यधामको तदर्थ समितिले हिजो सनिवारको पूर्णता पाएको छ ।

समितिको प्रथम उपाध्यक्षमा हयग्रीव आचार्य, द्वतिय बिमला देवी सापकोटा, सचिवमा यदुनाथ सुवेदी, कोषाध्यक्षमा अंकिता सुमार्गी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डा. कृष्ण प्रसाद धिताल, रामजी सापकोटा, राम प्रसाद घिमिरे, रमेस घिमिरे, वासुदेव तिमल्सिना, मन्दिरा फुयाल चुनिएका छन् ।

संस्थाका अध्यक्ष प्रकास न्यौपानेको अध्यक्षता भएको साधारणसभा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रप्रन्न गौतम, श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय सदस्य टिकाराम कडेल,  आचार्यगण एवं मठाधिश स्वामीजीहरू, वैष्णव परिषद् एवं महिला परिषदका जिल्ला अध्यक्षहरू, साधारण एवं आजीवन सदस्यहरू र भक्तजनहरूको उपस्थितिमा रहेको थियो ।

साधारणसभामा दिब्यधाम निर्माण स्थलको लागि २ कठ्ठा जग्गा दान गर्ने हेटौडा – ५ कि श्री माधवी न्यौपानेलाई सम्मान गरिएको थियो साथै पत्रकार मनोज देवकोटा र दिब्यधाम निर्माणको निम्ति आर्थिक सहयोग गर्नु हुने सिता एवम कृष्ण प्रसाद गौतमलाई सम्मानित गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*