अवैध लागू औषध गाँजा सहित हेटौंडाबाट २ जना पक्राउ

हेटौडा टुडे
१४ माघ २०७६, मंगलवार १३:३६

माघ,१४ हटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले २१ किलो अवैध लागू औषध  गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नम्बर १५ बस्ने बर्ष २० को सागर पाण्डे र धादिङ जिल्ला रोराङ नगरपालिका वडा नम्बर १ बस्ने बर्ष १८ को सोनम तामाङ रहेको मकवानपुर प्रहरी ले जनाएको छ ।

मंगलबार (आज) बिहान हेटौडा १० बसपार्क स्थित प्राप्त सूचनाको आधारमा प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको टोलीले काठमाण्डौ बाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४९० नम्बर को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट सोहि परिमाण को लागुऔषध फेला परेको हो ।

प्रहरीले लागू औषध गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा भइरहेको ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताएका छन्।

कुर्मीका अनुसार उनिहरुलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैया जरिवाना लाग्ने कानूनी प्रावधान रहेको बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*