चैत्र ९, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार (आज) दिउँसो मन्त्रीपरिषद् बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजेको लागि मन्त्रीपरिषद् बैठक बोलाउनुभएको भूमि सुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । आजको बैठकमा गत फागुन १८ गतेको बैठकले कोरोनासम्बन्धि गठन गरेको समितिले समीक्षा गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मृगौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाउनुभएको हो ।
सेयर गर्नुहोस्