बागमती प्रदेश सरकारद्वारा १ सय १९ स्थानीय तहमा अनुदान पठाउने निर्णय

टुडे संवाददाता
१७ चैत्र २०७६, सोमबार १६:४३

चैत १७, हेटौंडा /बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको १३ जिल्लामा कोरोना भाइरस संक्रमण तथा रोग नियन्त्रण गर्न रु ५० करोड विनियोजन गरेको छ ।

त्यसैगरी हेटौँडास्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता संचालन गर्ने पनि निर्णय भएको छ ।

बैठकले प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रका १ सय १९ स्थानीय तहमा कोरोना भाइरस नियन्त्रण रोकथाम एवम् विपत् एकिकृत व्यवस्थापन गर्न स्थानीय निकायलाई कोष खडा गर्न अनुदान यतासिध्र पठाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*